२०८२ जेठ ७ मङ्गलबार

सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की

  • admin २०८० भाद्र १७ आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

उनले सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा आगो लगाइदिने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

स्रोतका अनुसार शनिबारको सार्वजनिक बिदाका दिन मेयर बालेनले प्रयोग गर्ने गरेको सरकारी गाडीमा बालेन पत्नी जाँदै गरेको अवस्थामा प्रहरीले केहीबेर सोधपुछ गरेको थियो।

सार्वजिक बिदाको दिन सरकारी गाडीमा असम्बन्धित मान्छे चढेर गुडाएको भन्दै प्रहरीले रोकेर केहीबेर केरकार गरेर छाडिदिएको विषयमा आक्रोश पोख्दै बालेनले स्टाटस पोष्ट गरेको स्रोतको दाबी छ ।