अष्ट्रेलिया/ गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्ड अन्तर्गतको विभिन्न १३ विधाको अवार्डमध्ये सामाजिक क्षेत्रमा क्रियाशिल सन्तोषी गौतमलाई एनआरएनए अष्ट्रेलिया एक्सिलेन्सी अवार्ड अन्तर्गत NRNA Australia Women Of The Year प्रदान गरिएको छ ।
गौतमलाई अस्ट्रेलियामा बसेर विभिन्न सामाजिक क्षेत्रमा महिलाहरूको सशक्तीकरण र समुदायमा महिलाको नेतृत् वढाउन मद्दत पुर्याउनु भएकोले सो योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।एनआरएनए अष्ट्रेलियाअवार्ड भने डा. डिल्ली बन्जाडेलाई प्रदान गरियो ।
त्यसैगरी मिडिया पर्सन अफ दि ईयर अवार्ड नेपालट्युबका सम्पादक सरल गुरुङले पाउनुभएको छ । नेपालदेखी अष्ट्रेलियासम्म क्रियाशिल सञ्चारकर्मीका रुपमा स्थापित सरललाई लगनशिलता अनि जिम्मेबार पत्रकारिताको क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्ड दिइएको हो ।
नेपाली भाषा र साहित्यलाई कसरी जोगाउन सकिन्छ भन्दै हरपल प्रयास गरिरहने ममता तिवारीले नेप्लीज कल्चरल एम्बासडर अफ दि ईयर अवार्ड पाउनुभएको छ ।
यस्तै नेपाली कला अनी संस्कृतिलाई गायन अनि नृत्यको माध्यमबाट नेपाली समाज अनी अन्य बहुसास्कृतिक समाज सम्म पुराउन योगदान दिएवापत जेनिशा गौतमले समेत अवार्ड पाउनुभएको छ ।
यस्तै सामाजिक क्षेत्रमा योगदान दिने थप ८ जनालाई अवार्ड वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्डको नोमिनेशन अगस्ट १४ सोमबारबाट अगष्ट २० मध्यरातीसम्म खुल्ला गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागी नेपाली राजदुत कैलाश नाथ पोखरेल, एनआरएनएका अध्यक्ष नन्द गुरुङ, नव निर्वाचित अध्यक्ष अनिल पोखरेलले अवार्ड प्रदान गरेका थिए ।
तपाइँको प्रतिक्रीया