२०८१ माघ २५ शुक्रबार

चितवन समाज साउथ अस्ट्रेलियाको प्रथम साधारण सभा हुँदै

  • admin २०८० भाद्र १७ आइतबार

एडिलेड । चितवन समाज साउथ अस्ट्रेलियाको प्रथम साधारण सभा हुने भएको छ ।

चितवन समाज साउथ अस्ट्रेलिया (तदर्थ समिति) को बैठकले आगामी २३ सेप्टम्बर (शनिबार) प्रथम साधारण सभा गर्ने निर्णय गरेको हो ।

चितवनबाट साउथ अष्ट्रेलिया आएर बसोबास तथा अध्ययन गरिरहेका सम्पूर्णलाई साधारण सभामा सहभागी हुन चितवन समाज साउथ अष्ट्रेलियाले अनुरोध गरेको छ ।

साथै, चितवन समाज साउथ अस्ट्रेलियाको सदस्यता समेत खुलेको चितवन समाज साउथ अस्ट्रेलियाका संयोजक खगेन्द्र सापकोटाले जानकारी दिनुभयो।

चितवनबाट साउथ अष्ट्रेलिया आई बसोबारस गरिरहेकाहरुले यस लिंकमा गएर सदस्यता दर्ता गर्नसक्नुहुनेछ ।

https://www.chitwansamajsa.org/become-a-member

सदस्यता दर्ता गर्ने अन्तिम मिति २० सेप्टम्बर २०२३ (राति ११:५९ बजे) सम्म रहेको छ ।

साधारण सभाको स्थान र समय केही दिनभित्रै जानकारी गराईने सञ्चार संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।

चितवन स्थायी घर भई साउथ अष्ट्रेलियामा रहेका नेपालीलाई एकीकृत गरी सामाजिक कार्यहरुमा योगदान पुर्याउने उदेश्यले चितवन समाज साउथ अस्ट्रेलिया गठन भएको हो ।