एडिलेड । अस्ट्रेलियाको एडिलेडमा रहेको एडिलेड नेपाली समाजले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समाजले सेप्टेम्बर १८ (तीजकै दिन) तीज विशेष कार्यक्रम गर्न लागेको एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कँडेलले जानकारी दिए ।
तीज विशेष कार्यक्रममा शिव पूजा आरधनासँगै राष्ट्रिय कलाकार चन्दा अर्यालको साथमा विविध सांगीतिक नाँचगान तथा प्रसाद ग्रहणको समेत व्यवस्था हुनेछ ।
उक्त दिन दुई जना पण्डितबाट विधिपूर्वक शिव पूजा आरधनासँगै व्रत बसेका महिलाको पूजाआजा गर्ने विशेष कार्यक्रम रहेको छ ।
साथै व्रत बसेकाहरुलाई फलफुल, चिया तथा प्रसाद खीरको समेत व्यवस्था गरिने कार्यक्रम संयोजक दीपा दाहालले जानकारी दिइन् ।
नेपाली मौलिक कला संस्कृति बचाउने उदेश्यले समाजले हरेक वर्ष एडिलेडमा तीज विशेष कार्यक्रम गर्दै आएको छ ।
२०१२ देखि एडिलेडमा दर्ता भएर समुदायका विभिन्न गतिविधिसँग हातेमालो गर्दै शिक्षा, स्वास्थ्य, मनोरञ्जन, चाडपर्व, कला संस्कृति बचाउँदै आएको एडिलेडको जेठो संस्था हो, एडिलेड नेपाली समाज ।
समाजले हरेक वर्ष विभिन्न खालका सामुदायिक तथा समाजिक कार्यक्रम गर्दै आइरहको छ ।
समाजले एडिलेड नेपाली विद्यालय समेत सञ्चालन गर्दै आइरहेको छ । विद्यालयमा हरेक शनिबार नेपाली भाषको पठनपाठन हुँदै आएको छ भने विद्यार्थीको संख्या १०० भन्दा बढी छ ।
कार्यक्रमको मिडिया पार्टनरमा साथी टिभी र दैनिकी रहेका छन् ।
तपाइँको प्रतिक्रीया