काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको भएको हो । डेंगु, ज्वरो, निमोनिया भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
उनलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए । उनी नेपाली कांग्रेस काठमाडौं-७ का क्षेत्रीय सभापति समेत थिए ।
तपाइँको प्रतिक्रीया