अष्ट्रेलिया । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक भर्सनको गीतमा शब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दहालले संगीतबद्ध गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनुबीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । कैलाश र क्रिष्टिनाले यसै भिडिओमार्फत मोडलिङमा डेब्यु गरेका हुन् ।
अष्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरूमा छायाँकन गरिएको गीतको भिडिओलाई सुरज पाण्डेले खिचेका हुन् । भिडिओलाई दिन्सन शाहले सम्पादन रहेको छ । भीम न्यौपानेको निर्देशनमा भिडिओ तयार पारिएको हो ।
न्यौपाने निर्देशित यो पहिलो म्युजिक भिडिओ हो । व्यवसायी, फिल्म निर्माता एवम् कलाकार समेत रहेका न्यौपानेले यसअघि चलचित्र निर्माण तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडिओलाई ‘बीजी इन्टरटेन्मेन्ट’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । निर्माण टीमले म्युजिक भिडिओलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रीया