२०८१ माघ ७ सोमबार

सेप्टेम्बर ११ मा ‘एडिलेड तीज मेला’ प्रवेश निशुल्क

  • admin २०८० भाद्र २४ आइतबार

एडिलेड, अष्ट्रेलिया / थ्री केजी इन्टरटेनमेन्ट एण्ड इभेन्ट र चन्द्र सूर्य इन्टरटेनमेन्टको संयुक्त आयोजनामा सेप्टेम्बर ११ एडिलेडमा महिला दिदीबहिनीहरुको महान् चाड हरितालिका तीजको अवसरमा तीज मेलाको आयोजना गरिएको छ।

546 MARION ROAD PLYMTON मा हुने तीज मेलामा नेपालकी चर्चित कलाकार कमल वोली, मेलिना राई र गौरी मल्लले प्रस्तुती दिने आयोजकले जनाएको छ।
उक्त दिन कार्यक्रम प्रवेश निशुल्क भएकाले आयोजकले सम्पूर्ण एडिलेड बासी नेपालीभाषी दाजुभाइ,दिदीबहिनी बुवाआमालाई कार्यक्रममा उपस्थित हुनको लागि अनुरोध समेत गरेको छ।

कार्यक्रम सोमबार ३ बजेबाट सुरु हुने छ । एडिलेड तीज मेलाको मिडिया पार्टनर साथी टीवी रहेको छ।