एडिलेड । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको सन्दर्भमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय Lifeblood Marion Donor center Oaklands Park मा सम्पन्न उक्त कार्यक्रमलाई संस्थाका सचिव भिम न्यौपानेले संयाेजन गर्नु भएकाे थियाे।
उहाँका अनुुसार २४ जना साऊथ अष्ट्रेलिया बासि नेपालीहरुले रक्त दान गर्नु भएकाे थियाे।
रक्तदाताहरुलाई एनआरएनए ओशियानाका पुर्व सहसंयोजक नविन कडेल, एनआरएनए अष्ट्रेलियाका पुर्व सल्लाहकार तथा जनसम्पर्क समिति अष्ट्रेलियाका सदस्य प्रेम पाठक, जन सम्पर्क समिति अष्ट्रेलियाका सहमहामन्त्री अच्युत धमला, समितिकै साउथ अष्ट्रेलियाका पुर्व अध्यक्ष अर्जुन लम्सालले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
आयाेजक संस्थालाई धन्यवाद दिदै जनसम्पर्क समिति अष्ट्रेलियाका केन्द्रीय सदस्य तथा सामाजिक अगुवा प्रेम पाठकले
यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन सके नेपाली समुदायमा राजनैतिक पार्टीका प्रबासि संगठन प्रतिकाे गलत भाष्यलाई चिर्न सफल हुने कुरा बताऊनु भयाे।
साथै यस्ता सामाजिक कार्यलाई सम्पुर्ण नेपाली समुदायले सहयाेग गरनु पर्ने धारणा राख्नुभयो।
तपाइँको प्रतिक्रीया