२०८१ माघ ५ शनिवार

कवि नवराज पराजुलीको एडिलेडमा कविता कन्सर्ट हुँदै

  • admin २०८० भाद्र २७ बुधबार

एडिलेड / नेपाली कवितालाइ संगीत थपेर श्रोताहरुलाइ मन्त्र मुग्ध बनाएर भन्न सक्ने बिशेष कला भएका कवि नवराज पराजुलीको कविता कन्सर्ट एडिलेडमा पनि हुने भएको छ ।

कविताको प्रस्तुति शैली समेतले पछिल्लो समय पराजुली युवा पुस्ता विच चर्चित छन् । झापामा जन्मेका उनले सगरमाथा गहिराई नामक कृतिलाई २०१७मापद्म श्री पुरस्कार प्राप्त गरेका थिए । उक्त कृति मदन पुरस्कारका लागि समेत मनोनयमा परेको थियो ।

एडेलेडमा उक्त कविता कन्सर्टको व्यवस्थापन भने 𝐌𝐑𝐏 𝐄𝐯𝐞𝐧𝐭𝐬 𝐚𝐧𝐝 𝐄𝐧𝐭𝐞𝐫𝐭𝐚𝐢𝐧𝐦𝐞𝐧𝐭 कम्पनीले गरेको छ । केही समयअघि मात्र स्थापना भएको यो इभेन्ट कम्पनीको यो पहिलो कार्यक्रम हो ।

स्थानीय फ्रेश चुलो रेष्टुरेन्टसको सभाहलमा सेप्टेम्बर ३० बेलुका ५ बजे बाट युक्त कार्यक्रम सुरु हुने आयोजक मध्येका एक प्रकाश गैरेले साथी टीवी लाई जानकारी दिनुभयो।

एडिलेड कविता कन्सर्टको मिडिया पार्टनर साथी टीवी र दैनिकी रहेको छ।

टिकट खरिदका लागि https://buyonlineticket.com.au/event/81/NAWARAJ-PARAJULI-ADELIADE-KABITA-CONCERT?fbclid=IwAR1pCxjGHGJT5EPK6-3Ys2gF8mOi-BRbJifVEF8BXCvy3gWCuLJ7BWL_P6E