२०८१ माघ ७ सोमबार

भारतले सहजै जित्यो एसिया कपको उपाधि

  • admin २०८० भाद्र ३१ आइतबार

काठमाडौं, ३१ भदौ । भारतले सहजै एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा १५.२ ओभरमा ५० रन बनाएर अलआउट भएको थियो । योसँगै अत्यन्तै झिनो विजय लक्ष्य पाएको भारतले सहर्ज श्रीलंकामाथि जित निकालेर उपाधि जितेको हो ।

भारतले ६.१ ओभरमा लक्ष्य भेट्टाएको थियो ।

योसँगै भारत आठौंपटक एसिया कपको उपाधिमा कब्जा जमाउन सफल भएको छ ।