एडिलेड अस्ट्रेलिया / गुठी साउथ अष्ट्रेलियाको आयोजनामा साउथ अष्ट्रेलियामा इन्द्र जात्रा फेस्टिभल हुने भएको छ।
अक्टोबर १ मा क्रसग्रोव हल क्लोवेल्ली पार्कमा छैठौं येँया पुन्ही इन्द्र जात्रा फेस्टिभल हुन लागेको हो।
वर्षाका देवता देवराज इन्द्रको पूजाआरधना गरी इन्द्रजात्रा पर्व मनाउने परम्परा छ ।
गुठी साउथ अष्ट्रेलियाका सहसचिव सजिन प्रधानाङ्गका अनुसार फेस्टिभलमा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी समावेश गरिएको छ । साथै कुमारी नृत्य, ब्रजयोगिनी नृत्य, पञ्च बुद्घ नृत्य, चार्य नृत्य, मञ्जुश्री नृत्य पनि समावेश गरिएको छ ।
दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।
नेपालका प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदालाई विश्वमाझ चिनाउँदै लैजानुका साथै रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियावासीबिच चिनाउने प्रयास स्वरूप इन्दजात्रा फेस्टिभल गर्न लागिएको हो ।
यस्ता कार्यक्रमले नेपालभित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोस्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउनेमा गुठी साउथ अष्ट्रेलियाको विश्वास छ ।
२०१५ मा स्थापना भएको गुठी साउथ अष्ट्रेलियाले नेवा संस्कृति संरक्षण र संवर्धन गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
तपाइँको प्रतिक्रीया