२०८१ माघ २५ शुक्रबार

एसियन गेम्स खेल्न सन्दीप र सागर आज चीन जाँदै

  • admin २०८० असोज ९ मङ्गलबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने र सागर ढकाल १९औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न आज चीन जाने भएका छन् । उनीहरु दिउँसो साढे १२ बजे चीनतर्फ जान लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगिसकेको छ ।

सन्दीप बलात्कार मुद्धाको जिल्ला अदालत काठमाडौंमा पेशीको कारण हिजो सोमबार जाने कार्यक्रम थियो । तर उनी मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै खेल्न नसक्ने जनाएका थिए ।

गएराति क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सन्दीपलाई भेटेपछि उनी खेल्न जान तयार भएका हुन् ।

यसैगरी, सागर ढकाल स्पिनर ललित राजवंशीको स्थानमा खेल्नेछन् । अभ्यास खेलमा ललित घाइते भएपछि उनको स्थानमा सागरले खेल्न लागेका हुन् । आइतबार भिसा समस्याको कारण सागर नेपाली टोलीसँग चीन जान पाएका थिएनन् ।