२०८१ माघ २५ शुक्रबार

काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु, लिंगो ठड्याइयो

  • admin २०८० असोज ९ मङ्गलबार

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारबाट इन्द्रजात्रा सुरु भएको छ ।

बसन्तपुरस्थित हनुमानढोकामा य:सी अर्थात लिंङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । बिहान १०:३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ ।

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

इन्द्रजात्राको मुख्य आकर्षण कुमारी जात्रा हो । माथिल्लो, तल्लो र बीचका विभिन्न टोलमा कुमारी रथयात्रा गर्ने चलन छ ।