२०८२ जेठ ८ बुधबार

काठमाडौं महानगर र ई: बीच सहमति

  • admin २०८० असोज १० बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत ई: बीच सहमति जुटेको छ ।

फुटपाथ व्यवसायीको पक्षमा महानगरविरुद्ध उभिएर आन्दोलन गरिरहेका ई: बीच बुधबार राति सहमति जुटेको हो ।

मंगलबार दुई पक्षबीच वार्ता भएर चार बुँदे सहमतिपत्र तयार भएको थियो । तर सहमतिको ४ नम्बर बुँदामा महानगर प्रमुख बालेन्द्र शाह(बालेन) ले संशोधन गरेपछि त्यसलाई आन्दोलनरत पक्षले अस्वीकार गरेको थियो ।

तर आज फेरि भएको वार्तामा चौथो बुँदालाई संशोधन गरेर सहमति जुटाइएको हो ।

महानगरका प्रमुख शाहका सञ्चार सहयोगी सुरेन्द्र बजगाईंले महानगर र आन्दोलनरत पक्षबीच सहमति भएको बताए ।
सहमतिपछि प्रदर्शनरत ई:ले पत्रकार सम्मेलन गर्दै आन्दोलन स्थगन घोषणाको तयारी गरेका छन् ।

उनी अहिले ९ बजेसम्म गरेर १९९ घन्टा उभिएका छन् ।