२०८१ माघ ७ सोमबार

सेनालाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

  • admin २०८० असोज १७ बुधबार

काठमाडौं । सरकारले नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

बुधबार सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा देशका केही स्थानमा धार्मिक तथा जातीय तनाव बढिरहेकाले जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए।