२०८१ माघ २५ शुक्रबार

‘पशुपति प्रसाद २’ भष्मे डन एडिलेडमा प्रदर्शन हुँदै

  • admin २०८० असोज २७ शनिवार

नेपालमा कार्तिकको ४ गतेबाट फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा झनै चुलिएको छ । यसैले, देश तथा विदेशमा यो फिल्मको धमाधम बुकिङ समेत खुलाउन थालिएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्मको ट्रेलरले समेत गज्जबको प्रतिक्रिया दर्शकबाट पाएको छ । यसैले, फिल्मका लागि दर्शकको उत्साह हेरेर नै हलमा बुकिङ खुलाउन थालिएको हो ।

विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने आँकलन गरिएको छ ।

त्यसैगरी अस्ट्रेलियामा पनि उक्त चलचित्र प्रदर्शनी हुने भएको छ ।एडिलेडमा भने खुकुरी इभेन्टको आयोजनामा यहि आउदो October 20th मा The Regal Theatre मा फिल्मको प्रदर्शनमा आउन लागेको हो।

https://buyonlineticket.com.au/event/88/PASHUPATI-PRASAD-2-BHASME-DON-ADELIADE-PREMIERE

https://youtu.be/J3tXwmZXQNk?si=XsRuk4Wsl2AynDgW