अष्ट्रेलिया ।अष्ट्रेलियाव्यापी ‘दोस्रो एक्सपर्ट कप’ फुटबल प्रतियोगिताको उपाघि थ्रीकेजी स्पोर्टीङ क्लबले जितेको छ।
आइतबार मेलबर्नको किलोरपार्क सकर क्लबमा भएको फाइनल खेलामा साविक बिजेता यती फुटबल क्लबलाई २–४ गोल अन्तरले पराजित गर्दै थ्रीकेजीले उपाधि कब्जा गरेको हो। निर्धारित समयमा दुबै क्लबले बराबरी खेलेपछि खेल प्यानल्टी सुट आउटमा गएको थियो। प्यानल्टी सुट आउटमा यती लाई थ्रीकेजीले २–४ ले गोल अन्तरले पराजित गरेको हो। उपाधि जितेसँगै थ्रीकेजी स्पोर्टीङ क्लबले ११ हजार अष्ट्रेलियन डलर नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। यस्तै उपविजेता यती फुटबल क्लबले ४ हजार पाँच सय अष्ट्रेलियन डलर मा चित्त बुझायो।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर यती फुटबल क्लबका एलन न्यौपाने घोषित भए। टुर्नामेन्टकै उत्कृष्ट खेलाडी थ्रीकेजी स्पोर्टिङ क्लबका सोनाम तामाङ, बेष्ट डिफेन्डर थ्रीकेजी स्पोर्टिङ क्लबका मनबहादुर तामाङ, टप स्कोरर रोयल वेस्टर्न क्लबका आकाश मगर, बेष्ट मिडफिल्डर थ्रीकेजीका सुनिल श्रेष्ठ घोषित भए। खेलका उकृष्ट खेलाडीलाई नगद, मेडल प्रमाणपत्र दिएर सम्मान गरिएको थियो।
अष्ट्रेलियामा नेपाली सामुदायिक फुटबल प्रतियोगिता मध्येको सबैभन्दा ठूलो पुरस्कार राशिको टुर्नामेन्ट खेल्न सिड्नी, मेलबर्न, एडिलेड लगायतका विभिन्न सहरका १६ फुटबल टिमको सहभागिता रहेको थियो। रोयल वेष्टर्न क्लब आयोजक रहेको उक्त फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिेसेज रहेको थियो।
जित पछि साथी टीवी लाई प्रतिक्रिया दिदै थ्रीकेजी स्पोर्टीङ कल्वका अध्यक्ष खुम घलेले जितमा खेलाडीहरुको मेहनत र त्यसमा पनि कोच विकाश गौचनको ठुलो भुमिका रहेको बताए । घलेले टिम म्यानेजर राज तामाङको कुशल व्यवस्थापन, टिम कप्तान सोनाम तामाङको नेतृत्व प्रति क्लव निकै आभारी रहेको बताए।
विजयी सँगै आफूहरुलाई ऊर्जा थपिएको र आउँदो दिनहरुमा खेलाडीहरूको मनोभावलाईबुझी अझै अगाडि बढ्ने अध्यक्ष घलेले बताउनुभयो।
तपाइँको प्रतिक्रीया