२०८२ जेठ ७ मङ्गलबार

यूएईलाई हराउँदै त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालको विजयी शुरुवात

  • admin २०८० कातिर्क १ बुधबार

काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले पाहुना टोली युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेले । उनले ४० बलमा ५ चौकाको मद्धतमा ५१ रन बनाए । उनलाई राम्रो साथ दिएका दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १४ र २३ रनको योगदान गरे । कुशल मल्ल ९ रन बनाउँदै रनआउट हुन पुगे ।

युएईका लागि निलांस केसवानी र अली नसीरले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

युएईका लागि कप्तान मोहम्मद वसीमले १७ रन बनाउँदा अलिशान शराफुले ६ रन जोडे । यस्तै, अली नसीरले ३२ रन, बासिल हमिदले ५१ रन, आसिफ खानले १५ रन बनाए । संचित शर्माले २ रन र निलांस केसवानीले ४ रन जोड्दा खालिद शाह र मोहम्मद फराजुद्दीन भने शुन्य रनमै आउट भए ।

नेपालका लागि करण केसीले तीन विकेट, गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले एक-एक विकेट लिए ।