२०८१ चैत ३ सोमबार

फेरि फुट्यो एनआरएनए, बन्यो आरके शर्माको नेतृत्वमा नयाँ कमिटी

  • admin २०८० कातिर्क ५ आइतबार

काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) फेरि फुटेको छ।

अक्टोबर १९ तारिख भएको निर्वाचनको नतिजा सार्वजनिक गर्ने क्रममा त्रुटि देखिए पछि विवाद बढेको थियो। त्यस पछि दुई दिन प्रक्रिया अवरुद्ध भएको थियो। तर डा. बद्री केसी समूहले आफूहरू विजयी भएको भन्दै शपथ ग्रहण गरेका थिए। त्यस पछि चुनावमा पराजित पक्षले छुट्टै समिति बनाएको हो।

नतिजा सार्वजनिक गर्ने क्रममा उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौ बुथमा खसेको मत शुन्य देखिए पछि विवाद उत्पन्न भएको थियो। एनआरएनएले भेरो कम्पनि मार्फत चुनाव गराएको हो। नतिजामा देखिएको त्रुटी बारे छानविन गर्ने चर्चा हुदै गर्दा दुबै पक्ष आक्रमक रुपमा अगाडि बढेका हुन्।

बद्री समुहले सपथको लागि हतार गरे सँगै पराजित पक्षले आफुहरुले अवरुद्द बन्दशत्र  शनिवार साँझ पुन संचालन गरेको दावी गरेको छ।  बन्द सत्रको अध्यक्षता अध्यक्ष द्वय कुल आचार्य तथा रवीना थापाले गरेका थिए।

बन्द सत्रले डी बी क्षेत्रीको अध्यक्षतामा आनन्द विष्ट, डा बलराम श्रेष्ठ, ओम शर्मा, वेद खरेल रहेको एक अध्यक्ष मण्डल गठन गरेको थियो।

त्यस्तै दुर्गा आचार्यको संयोजकत्वमा विश्व बराल, नारायण थापा, शनि ओली, बिष्णु सुवेदी र पुष्प थापा सदस्य रहेको निर्वाचन समिति पनि गठन गरेको छ। बन्द सत्रले महासचिव डा केशव पौडेल, कोषाध्यक्षहरू सुनील साह, लोक दाहाल तथा विधान समितिका सचिव गंगाधर गौतमले पेस गरेका प्रतिवेदन हरू पारित गरेको थियो।

बन्द शत्रले चुनावमा दोस्रो भएका आरके शर्माको अध्यक्षतामा नयाँ कमिटी बनेको हो। जसको महासचिव बुद्धि सुवेदी रहेका छन्। सुवेदी अध्यक्षमा पराजित महेशको टिमबाट चुनाव लडेका थिए। उनी गौरी जोशी सँग हारेका थिए।

आरके समितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, गणेश कार्की, सुनिल साह, गङ्गाधर गौतम, गोविन्द श्रेष्ठ(रोविन) गरी सात जनाको नाम राखिको छ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अब्दुल वारिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला चयन भएका छन् ।

सचिवमा कृष्ण जीवी पन्त, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला र रामसी पोखरेल चयन भएका छन् । महिला सचिव विमला सापकोटा चयन भएकी छन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणि सापकोटा, युरोपबाटै क्षेत्रीय उप संयोजक शङ्कर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ ।

त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुङ्गो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिए ।

निर्वाचन समितिका संयोजक दुर्गा आचार्यले सबै नव निर्वाचित पदाधिकारीहरूलाई विधान बमोजिम शपथ दिलाएका थिए।