२०८१ माघ २५ शुक्रबार

एडिलेड कर्मथलो बनाएका श्याम दाहालले लिए चितवन बाट पहिलो गैरआवसीय नेपाली नागरिकता

  • admin २०८० कातिर्क १६ बिहीबार

चितवन :  चितवनबाट पहिलो पटक अस्ट्रेलिया एडिलेड कर्मथलो बनाएका श्याम दाहालले  गैरआवसीय नेपालीले नागरिकता  पाएका छन् । सरकारले गैरआवसीय नेपालीहरुलाई गैरआवासीय नागरिकता दिने निर्णयसँगै चितवन जिल्लाबाट पहिलो पटक दाहालले नागरिकता प्रदान गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर-६ स्थायी घर भई हाल अष्ट्रेलिया निवासी श्याम दाहालले मंगलबार वंशजको नागरिकता त्यागी  गैरआवासीय नागरिकता लिनु भएको हो। उहाँलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बुधबार नागरिकता हस्तान्तरण गर्नु भएको हो।

विगत १९ वर्षदेखि अष्ट्रेलिया बस्दै आउनु भएका दाहालले नागरिकता पाएसँगै जन्मभूमि आएको महशुस भएको बताउनु भयो। सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिने निर्णयपछि सहज तरिकाले नागरिकता पाएको बताउनुभयो । नेपालमा गर्नु पर्ने आर्थिक कारोबार गर्नुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गैर आवासीय नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न पाईन । आर्थिक कारोबारसमेत गर्न पाईन ।” गैरआवासीय नेपालीहरुले नागरिकता लिनका लागि बुझेर मात्र आउनु पर्ने बताउनुभयो। अहिले सरकारले गरेको निर्णयले गैरआवासीय नागरिकहरुलाई सहज बनाएको उहाँको भनाई थियो।

दाहाल लाई नेपालको नागरिकता ऐन २०६३ को दफा ७ क अनुसार नगरिकता प्रदान गरिएको हो।