काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको छ ।गृहमन्त्रालयले जारी गरेको आधिकारिक तथ्यांकअनुसार जाजरकोट र रुकुममा गरी हालसम्म १३८ जनाको मृत्यु भएको हो ।
गहृमन्त्रालयमा बसेको आकस्मिक बैठकमा मृतकको तथ्यांक प्रस्तुत गरिएको थियो । हालसम्म २३१ जना घाइते भएका छन् । उद्दारको कार्य जारी रहेका कारण मृतक र घाइतेको संख्या भने बढ्न सक्नेछ ।
बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषमा ५र५ करोड निकासा गर्ने निर्णय पनि गरेको छ ।
तपाइँको प्रतिक्रीया