काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रधानमन्त्रीको आह्वानमा बसेको शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने दलका शीर्ष नेताहरूको बैठकप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले पछिल्लो समय अराजक र अस्थिरताको प्रवृत्ति देखा परेको भन्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरूबीच आपसी मतभेद भएपनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैप्रति कटाक्ष गर्दै लामिछानेले आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याएर चिसोमा जनता जोगाए ब्यवस्था आफैँ जोगिने बताएका हुन् ।
परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्नो आँखा बिझाएको उनले लेखेका छन् ।
तपाइँको प्रतिक्रीया