काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले १० लाख सहयोग गरेका छन्। महावाणिज्यदुत योञ्जनले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
महाबाणिज्यदूत योञ्जनले व्यक्तिगत १० लाख रकम भूकम्पपीडित जनताको पुनः स्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमार्फत सहहयोग गरेका हुन्।
भेटका क्रममा महावाणिज्य दूत योञ्जनले देशलाई दुख्दा विदेशमा बस्ने नेपालीहरू मर्माहत बनेको र सबैले सहयोग गर्ने क्रम जारी रहेको बताए थिए। प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीहरूको योगदान देश विकासमा महत्त्वपूर्ण रहेको र आपत् विपतको बेला गरेको सहयोग अझ बढी प्रशंसा योग्य भएको बताएका थिए। महावाणिज्य दूत योञ्जन अष्ट्रेलियामा स्थापित नेपाली व्यवसायीका रूपमा चिनिन्छन्।
तपाइँको प्रतिक्रीया