अष्ट्रेलिया । राप्रपा महामन्त्री तथा सांसद डा.धवल शम्शेर राणाको उपस्थितिमा एडिलेडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा प्रवासी नेपाली एकता समाज (पानस)साउथ अष्ट्रेलियाको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा एडिलेडमा रहेका नेपाली समाजका व्यत्तित्वहरुसंग भेटवार्ता गरि सुझाव तथा गुनासोहरुमाथी पनि राणाले छलफल गर्नु भएको थियो। ।
महामन्त्री राणाले प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको राप्रपाको सिद्धान्त बारे अन्तरक्रिया कार्यक्रममा प्रष्ट पार्नुभएको थियो।
।
त्यसैगरी साताव्यापी अष्ट्रेलिया भ्रमणमा रहनु भएका राप्रपा महामंन्त्री एवं सासद मा डा. धवल शमशेर राणा र साउथ अष्ट्रेलियाको विधायी परिषद्का अध्यक्ष रसेल वोर्टलीसंग ( Hon Russell Wortley ) वीच एडिलेड स्थित सांसद भवनमा भेटवार्ता भेटवार्ता भएको छ । रसेल दक्षिण अस्ट्रेलियाको लेजिस्लेटिभ काउन्सिलमा प्रभावशाली पृष्ठभूमि भएका प्रतिष्ठित व्यक्तित्व हुन् । अनौपचारिक भेटवार्ताको क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
एडिलेडको भ्रमण र अन्तरक्रिया कार्यक्रमको समायोजन प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार तथा समाजसेवी दीपक बिस्ट र एडिलेड राज्य-संयोजक केदार श्रेष्ठले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रीया