काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ ।
उपाधिका लागि आयोजक भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेस सहभागि हुने गुजरात राज्य सरकारले जनाएको छ ।
सन् १९७५ बाट सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २-२ पटक उपाधि जितेका छन् । यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक-एक पटक उपाधि जितेका छन् ।
फाइनल खेलअघि भारतीय वायुसेनाले एयर सो आयोजना गर्ने भएको छ । भारतीय वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार रिहर्सल गरेको थियो । यो सो खेल हुनुभन्दा करिब नौ मिनेटअघिसम्म चल्नेछ । खेल हेर्न भारतबाहिरबाट दुई हजार दर्शक आउने अपेक्षा गरिएको छ । भारत र अस्ट्रेलियाबीचको यो हाई भोल्टेज खेल हेर्न हजारौँ मानिस अहमदाबाद पुगेका छन् ।
कपिलदेवको कप्तानीमा भारतले पहिलो एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।
तपाइँको प्रतिक्रीया