२०८१ चैत २ आइतबार

टेलिकम्युनिकेस प्रदायक कम्पनी अप्टसकी सीइओ केलीको राजीनामा

  • admin २०८० मंसिर ४ सोमबार

अस्ट्रेलिया । अस्ट्रेलियाको टेलिकम्युनिकेस प्रदायक कम्पनी Optus कि प्रमुख कार्यकारी अधिकृत Kelly Bayer Rosmarin ले सोमबार राजीनामा दिएकी छन्।

उनको राजीनामाको कारण नोभेम्बर ८ मा Optus को सेवामा आएको देशव्यापी समस्या हो।नोभेम्बर ८ मा उक्त कम्पनीको सेवा डाउन हुँदा १० मिलियन सेवाग्राहि फोन र इन्टरनेट विहिन बनेका थिए।

उक्त घटनापछि केलीको तीब्र आलोचना भइरहेको थियो। राजीनामा दिँदै उनले भनेकी छन्, ‘सेवा गर्ने अवसर पाउनु सम्मानको कुरा थियो तर अहिले पद त्याग्ने उपयुक्त समय आएको छ।’
देशव्यापी नेटवर्क डाउन पछि शुक्रबार सिनेटले समेत उनको बयान लिएको थियो।
उनको कार्यकाल मै अप्टसले ठूलो साइबर हमला व्यहोर्नु परेको थियो। त्यसबाट उत्रदै गर्दा ५/७ घण्टा भएको नेटवर्क डाउनले कम्पनीलाई अर्को ठूलो धक्का दियो।

तत्काललाई अप्टसको नेतृत्व प्रमुख वित्तीय अधिकृत Michael Venter सम्हाल्ने छन्।

बेयर रोजमारिन मार्च २०१९ मा Optus को नेतृत्वमा आउनु अघि अस्ट्रेलियाको प्रतिष्ठित बैंक कमनवेल्थ बैंकको उच्च कर्मचारी थिइन्। उनी अप्रिल २०२० मा टेलिकम्युनिकेसन्स कम्पनीको प्रमुख कार्यकारी नियुक्त भएकी थिइन्।

उनको तलब अन्य सुविधा बाहेक झण्डै साढे ५ मिलियन डलर थियो। तलबभन्दा बाहेक ट्राभल सुविधा, बैठक भत्ता र सुपरको छुट्टै व्यवस्था थियो।