काठमाडौं। टिकटक बन्द गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउन आदेश जारी गरेको छ ।
आज भएको सुनुवाईमा अदालते कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले सरकारसँग कारण माग गरेको हो ।
गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएका छन् ।
सरकारले टिकटक प्रतिवन्ध लगाएपछि परेका १० वटा रिटको एकसाथ सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो।
तपाइँको प्रतिक्रीया