२०८१ माघ २५ शुक्रबार

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अष्ट्रेलिया प्रस्थान

  • admin २०८० मंसिर ८ शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेकी छिन् ।

उपप्रमुख डंगोल सिड्नी, क्यानबेरा होबर्ट र मेलबर्नलगायत सहरमा आयोजना हुने छलफल तथा भेटघाटमा सहभागी हुनेछिन् भने त्यहाँ रहेका नेपालीसँग अन्तर्क्रिया तथा संसद् भवनको अवलोकनसमेत गर्नेछिन्।

भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न शहरहरुमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय ऊर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको डंगोलले बताइन् ।

अस्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अस्ट्रेलियन दूतावासबाट गत वैशाख १८ गते निमन्त्रणा आएको थियो। गत साउन ३० गते बसेको कार्यपालिका बैठकले उनको भ्रमण स्वीकृत गरेको थियो। डंगोल १७ कात्तिकमा स्वदेश फर्किने छिन् ।