२०८१ माघ २५ शुक्रबार

चितवन समाज साउथ अष्ट्रेलियाले गर्यो जाजरकोटका भूकम्प पीडितलाई आर्थिक सहयोग

  • admin २०८० मंसिर १० आइतबार

अष्ट्रेलिया / चितवन घर भई हाल साउथ अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको समाज चितवन समाज साउथ अष्ट्रेलियाले जाजरकोटका भूकम्पपिडितलाइ आर्थिक रकम सहयोग गरेको छ ।

समाजको आव्हानमा संकलित रकम प्रधानमन्त्री राहत कोष मार्फत पीडितलाई प्रदान गरिएको समाजका कार्यबाहक अध्यक्ष अनुप चन्द्र सुवेदीले जानकारी दिनुभयो ।

कार्यवाहक अध्यक्ष सुवेदीले एक भिडियो सन्देश मार्फत सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै आगामी दिनहरुमा पनि चितवन समाज अष्ट्रेलियाले सामाजिक कार्यहरुलाई निरन्तरता दिने सुवेदीले बताउनुभयो ।