२०८१ चैत ३ सोमबार

पूर्वराजा शाहद्वारा धन्यवाद व्यक्त (तस्बिरहरु)

  • admin २०८० मंसिर १० आइतबार

झापा / पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार बिर्तामोडमा आयोजित कार्यक्रममा व्यापक सर्वसाधारणको सहभागिताका लागि धन्यवाद दिएका छन्।

मेचीनगरस्थित होटल मेची क्राउनमा आइतबार आयोजित चियापान कार्यक्रममा उनले जनसहभागिता जुटाउन खटिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वलाई धन्यवाद दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

उनले भने, ‘अहिलेको कार्यक्रम नै राजाबाट धन्यवाद व्यक्त गर्नका लागि आयोजना गरिएको हो। राजाबाट सबैप्रति आभार प्रकट भएको छ।’

शनिवार झापाको बिर्तामोड १ स्थित इकम कलेजमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा हजारौंको संख्यामा मानिस उपस्थित भएका थिए।