२०८१ चैत २ आइतबार

सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मानित

  • admin २०८० मंसिर १० आइतबार

काठमाडौँ-  अटिजम भएका बालबालिकाका लागि लामो समयदेखि कार्यरत सविता उप्रेतीलाई भारतीय मानव अधिकार परिषद्‌ले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि चयन गरेको छ।

आउँदो डिसेम्बर १० तारिखका दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय मानव अधिकार शिखर सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिनेछ।

उप्रेतीले मानव अधिकार, शान्ति. करुणा र बहुआयामिक मानवीय सेवामा अथक र निस्वार्थ रुपमा काम गरेको तथा युवा पुस्तालाई सामाजिक सेवामा प्रेरित गरेको भन्दै उप्रेतीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।

उप्रेतीको पहलमा खुलेको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र ‘एसएसडीआरसी’ विगत १२ वर्षदेखि अटिजम भएका बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य र पुनर्स्थापनामा काम गरिरहेको एक गैरसरकारी सामाजिक संस्था हो।  यस संस्थामार्फत उप्रेतीले अटिजम भएका बालबालिकाहरुको सेवामा काम गर्दै आएकी छन्।

उप्रेतीले महामहिम राष्ट्रपतिले प्रदान गर्ने जनसेवा श्री पदक(समाज सेवामा) र युवा तथा खेलकुद मन्त्रालयले प्रदान राष्ट्रिय युवा प्रतिभा पुरस्कार (समाजसेवा र शिक्षा) जस्तो राष्ट्रिय पुरस्कारहरुबाट पुरस्कृत भईसकेकी छन ।