२०८२ असार ३० सोमबार

दुर्गा प्रसाईंका स्वकीय सचिव पनि पक्राउ

  • admin २०८० मंसिर १२ मङ्गलबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन्।

सोमबार गौशालामा प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका स्वकीय सचिव थापासहित १५ जनालाई पक्राउ गरेको  हो  ।

थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो