२०८१ माघ ५ शनिवार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता (तस्वीरहरू)

  • admin २०८० मंसिर १२ मङ्गलबार

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसँग भेटवार्ताका लागि अध्यक्ष ओली सिंहदरबार पुगेका थिए ।

भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको जानकारी दिइएको छ ।

सो क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीको पुननिर्माण गरिएको कार्यालयको अवलोकनसमेत गरेका थिए ।