२०८२ जेठ ७ मङ्गलबार

विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी

  • admin २०८० मंसिर २१ बिहीबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ ।

यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद सागको लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् ।

उनले आठौंदेखि ११ औं सागमा स्वर्ण जितेका थिए । विष्टले सन् २००२ को बुसान एसियाड तथा सन् २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए ।

विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुन् । उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९ औं ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए ।

विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए ।