२०८२ श्रावाण ५ आइतबार

विश्व बजारमा रिलिज हुन लागेको फिल्म ‘सलार’को गीतमा मेनुकाको स्वर

  • admin २०८० मंसिर २५ सोमबार

काठमाडौं । नेपालकी चेली मेनुका पौडेलले ‘इण्डियन आइडल’को मञ्चमा धुम मच्चाइरहेकी छिन् । उनी टप १४ मा पुगिसकेकी छिन् । यसैबिच, मेनुकाले पाश्र्व गायनमा समेत डेब्यू गरेकी छिन् । डिसेम्बर २२ तारिखबाट विश्व बजारमा रिलिज हुन लागेको फिल्म ‘सलार’मा उनले गीत गाउने मौका पाएकी हुन् ।

‘इण्डियन आइडल १४’को नयाँ भागमा यो कुराको जानकारी गराइएको थियो । मेनुकाले स्टुडियोमा गएर फिल्मका लागि गीत गाउँदै गरेको दृश्य समेत सार्वजनिक गरिएको छ । मेनुका आफैले पनि यो आफ्नो करिअरको कोसे ढुंगा भएको उल्लेख गरेकी छिन् ।

मेनुकाले स्टुडियोमा गएर गीत गाउँदै गरेको दृश्य देखेर ‘इण्डियन आइडल’का निर्णायकहरु भावुक बनेका थिए ।

प्रशान्त निलको निर्देशनमा तयार भएको यो फिल्ममा साउथ स्टार प्रभाष केन्द्रीय भूमिकामा छन् । फिल्मका लागि मेनुकाले गाएको गीत भने खुलाइएको छैन । तर, एउटा ब्लकबस्टर ब्यानरको फिल्मबाट उनले गीत गाउने मौका पाउनु आफैंमा सुखद कुरा हो । यो गीतले मेनुकाको करिअरलाई नयाँ उचाइमा लैजाने विश्वास सबैको छ ।