काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।
महानगरले १५ दिनअघि सूचना जारी गर्दै बुधबारदेखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध लगाउने घोषणा गरेको थियो । महानगरको सो घोषणा आजबाट लागू भएको हो ।
चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन् ।
कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने र बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ ।
तपाइँको प्रतिक्रीया