२०८१ माघ २५ शुक्रबार

तीन सय भारतीय लिएर उडेको विमानलाई फ्रान्समा उतारियो, मानव तस्करीको आशंका

  • admin २०८० पौष ७ शनिवार

एजेन्सी/ करिब ३०० भारतीय यात्री लिएर निकारागुआ जाँदै गरेको एउटा विमानलाई फ्रान्समा उतारिएको छ ।

समाचार एजेन्सी एएफपीले पेरिसका एक अधिकारीको भनाइका आधारमा लेखेको छ- विमानका यात्रीहरूलाई हिरासतमा लिइएको छ । उनीहरू मानव तस्करीका पीडित हुन सक्छन् ।

दुबईबाट उडेको उक्त विमानलाई इन्धन भर्नका लागि पेरिसको भेट्री विमानस्थलमा अवतरण गराइएको थियो । ए३४० विमान रोमानियाको कम्पनी लेजेन्ड एयरलाइन्सको रहेको बताइएको छ ।

एएफपीका अनुसार, यी भारतीय यात्रीको योजना सेन्ट्रल अमेरिका पुगेर अवैध तरिकाले अमेरिका वा क्यानडा प्रवेश गर्नु थियो ।