एजेन्सी /अमेरिकाको अलाबामा राज्यमा एक महिलाले दुई दिनको अन्तरालमा दुई सन्तानलाई जन्म दिएकी छिन् । आश्चर्यको कुरा के छ भने उनमा दुईवटा पाठेघर थियो र दुवै पाठेघरमा बच्चा बसेको थियो ।
विज्ञहरुका अनुसार दुईवटा पाठेघर हुनु आफैँमा दुर्लभ कुरा हो त्यसमाथि दुईवटै पाठेघरमा बच्चा बस्नु झनै दुर्लभ मानिन्छ । १० लाखमा एकपटक यस्तो गर्भावस्था हुन्छ ।
३२ वर्षीया केल्सी ह्याचरले मंगलबार एउटी छोरीलाई जन्म दिएकी थिइन् भने अर्को बुधवार युनिभर्सिटी अफ अलाबामा बर्मिंघम अस्पतालमा अर्को एक बच्चालाई पनि जन्म दिएकी हुन् । उनले २० घण्टाको प्रसव पीडा खेप्नु परेको थियो ।
दुईवटा बच्चा दुईवटा गर्भबाट पाएपछि ह्याचरले आफ्ना बच्चाहरूलाई चामत्कारिक बच्चा भनेकी छिन् र चिकित्सकहरूलाई धन्यवाद दिइन् ।
तपाइँको प्रतिक्रीया