२०८२ बैशाख १५ सोमबार

भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी शाह दोषी ठहर

  • admin २०८० पौष १२ बिहीबार

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले उनलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको हो । अदालतले साहित्यकारसमेत रहेका डीआईजी शाहसहित चारजनालाई दोषी ठहर गरेको हो । सजाय निर्धारण हुन भने बाँकी छ ।

उनीहरूले प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार बढी भ्रष्टाचार गरेको आरोप छ । प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् ।