२०८१ माघ ६ आइतबार

डेनमार्ककी महारानी मार्गरेट द्वितीयद्वारा ५२ वर्षपछि राजगद्दी त्याग

  • admin २०८० पौष १६ सोमबार

काठमाडौं । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा गरेकी छन् ।

उनले १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने छिन् ।  त्यो दिन उनी रानी बनेको ५२ वर्ष हुनेछ । ‘म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई छोड्नेछु,’ उनले घोषणा गरिन् ।

८३ वर्षीया मार्गरेट हाल संसारमा शासनमा रहेकी एकमात्र रानी हुन् भने उनी युरोपमा सबैभन्दा लामो समयसम्म पदमा रहेकी छन् ।

उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचारपछि यो निर्णय गरेको खुलासा गरिन् ।

प्रधानमन्त्री मेटे फ्रेडरिकसनले रानीलाई उनको सेवाको लागि धन्यवाद दिएका छन् ।