२०८१ माघ ५ शनिवार

माइतीघरबाट सिके राउतसहित ५१ जना पक्राउ

  • admin २०८० पौष १६ सोमबार

काठमाडौं, । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको हो ।

सिके राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शन गर्न खोज्ने ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । उनीहरु सबैलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ ।

सरकारले माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।