काठमाडौं। जापानमा जहाज अवतरणका क्रममा आगलागी भएको छ ।
सापोरो सहरको न्यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको जापान एयरलाइन्सको विमान अवतरणको क्रममा अर्को विमानसँग ठोक्किएर आगलागी भएको हो ।
जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् । विमानमा चालक दलसहित ३७९ जना सवार थिए। जहाज भूकम्प पीडितलाई राहत वितरणको लागि निगाटा जान लागेको जापान कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो ।
राहत वितरणमा जान लागेको विमानमा रहेका पाँचजनाको भने मृत्यु भएको बताइएको छ । जापान एअर लाइन्सको विमान आगलागीबाट ध्वस्त भएता पनि कुनै मानविय क्षति नभएको हो ।
विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको थियो । दुई घण्टा हुँदा पनि जापान एअरलाइन्सको विमान र त्यसको भग्नावशेषमा आगो लागिरहेको थियो ।
घटनापछि उक्त विमानस्थल बन्द गरिएको अधिकारीहरूले बताएका छन्।
तपाइँको प्रतिक्रीया