एडिलेड, अष्ट्रेलिया । नेकपा माओवादी केन्द्रको प्रवासी शुभेच्छुक संस्था नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) साउथ अष्ट्रेलियाका अध्यक्ष कृष्ण भट्टराई क्रिशले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
विद्यार्थी जीवनदेखि माओवादी पार्टीको भातृ संस्थामा संलग्न रहेका उनले हाल प्रवासमा रहेको सांगठनिक जिम्मेवारीबाट समेत राजिनामा दिएका छन् ।
सरकारको बर्षगाँठको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै भट्टराईले पार्टी परित्याग गरेको बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले गरेको सम्बोधनबाट सर्वसाधारणसँगै आफू पनि सन्तुष्ट हुन नसकेको उल्लेख गरेका छन् ।
गणतन्त्र प्राप्तिको १५ बर्षमा पनि जनताले आश्वासन मात्र पाएको बताएका छन् ।
पार्टी नेतृत्व परिवारवादमा फसेको उल्लेख गर्दै उनले पार्टी नेतृत्वलाई नवसामन्तको आरोप लगाएका छन् ।
तपाइँको प्रतिक्रीया