काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ ।
गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेकाे जनाएकाे छ । समितिले घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।
छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्रीबाट निर्देशन भएको विज्ञप्तिको उल्लेख छ ।
शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका-५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा-६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।
मृत्यु साहका परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत पनि दिने भएको छ ।
तपाइँको प्रतिक्रीया