२०८१ माघ ६ आइतबार

एलिस पेरीको ३०० औं अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलिया विजयी

  • admin २०८० पौष २३ सोमबार

काठमाडौं। घरेलु टोली भारत बिरुद्वको दोस्रो महिला टि-२० आईमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको छ।योसँगै तीन खेलको टि-२० आई सिरिज १-१ को बराबरीमा पुगेको छ।

टस हारेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो।भारतको लागि दिप्ती शर्माले २७ बलमा ५ चौकासहित सर्वाधिक ३० रनको योगदान दिइन।स्मृती मन्धाना र ऋचा घोशले २३/२३ तथा जेमिमा रोड्रिगेड्सले १३ रन जोडिन।

बलिङतर्फ अष्ट्रेलियाको लागि किम गर्थ,अन्नाबेल सदरल्यान्ड र जोर्जिया वेरह्यामले समान २-२ विकेट लिए।अस्लैघ गार्डनरको नाममा १ विकेट रह्यो।
१ सय ३१ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।अष्ट्रेलियाको लागि ३०० औं अन्तर्राष्ट्रिय खेल खेलेकी एलिस पेरी २१ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा अविजित रहिन।फोएबे लिचफिल्ड १२ बलमा ३ चौकासहित १८ रनमा अविजित रहिन।कप्तान एलिसा हेलीले २६,विथ मून्नीले २० र तहलिया म्याकग्राथले १९ रन जोडे।
बलिङतर्फ भारतकी दीप्ती शर्माले सर्वाधिक २ विकेट लिइन।पूजा वस्त्रकार र श्रेयंका पटिलको नाममा समान १/१ विकेट रह्यो।