२०८२ जेठ ८ बुधबार

जब मेनुकाले बीचमै गीत रोकिन्…

  • admin २०८० पौष २३ सोमबार

काठमाडौं– मेनुका पौडेल इन्डियन आइडलको अन्तिम ११ मा प्रवेश गरेकी छन् ।

मेकनुकाले पछिल्लो एपिसोडमा पहिलाको जस्तो प्रस्तुति दिन सकिनन् । उनले गाउँदा-गाउँदै मुटुको चाल बढेको भन्दै गीत बीचमै रोकेकी थिइन् । मेनुकालाई जज र अतिथिका रुपमा इन्डियन आइडलको सेटमा पुगेका बलिउड नायक सञ्जय दत्तले हौसला दिएका थिए ।

सञ्जयले मञ्चमा पुगेर मेनुकालाई अंकमाल गर्दै भनेका थिए, ‘जे भए पनि तिमी अघि बढ्दै जानुपर्छ । तिमीले अवरोधहरू हटाउँदै जानुपर्छ ।’

उनले पानी पिइन् र चिकित्सकले मुटुको चाल र रक्तचाप जाँचेपछि उनले पुनः गीत गाएकी थिइन् ।

उपाधि विजेताका रुपमा हेरिएकी मेनुका भोटका आधारमा ‘बटम ४’ मा परेकी छन् । अर्थात् उनलाई भोट कम आएको छ । उनीभन्दा धेरै भोट ल्याएका सात प्रतिस्पर्धी टप ११ मा छन् ।