२०८१ माघ ५ शनिवार

भारतसँगको टि-२० आई सिरिज अष्ट्रेलियाले जित्यो

  • admin २०८० पौष २५ बुधबार

अष्ट्रेलिया । घरेलु टोली भारत बिरुद्वको तेस्रो महिला टि-२० आईमा अष्ट्रेलिया ७ विकेटले विजयी भएको छ।योसँगै तीन खेलको टि-२० आई सिरिज अष्ट्रेलियाले २-१ ले जितेको छ।

टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो।भारतको लागि ऋचा घोषले २८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिइन।स्मृती मन्धानाले २९,सफाली वर्माले २६,अमनजोत कौरले अविजित १७ र दीप्ती शर्माले १४ रन जोडे।
बलिङतर्फ अष्ट्रेलियाको लागि एनाबेल सदरलैंड र जार्जिया वेहरहमले समान २/२ विकेट लिए।मेगन स्कुट र अस्लैघ गार्डनरको नाममा समान १/१ विकेट रह्यो।

१ सय ४८ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।अष्ट्रेलियाको जितमा कप्तान एलिसा हेलीले ३८ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिइन।बिथ मून्नी ४५ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहिन।ताहलिया मैक्ग्राले २० र फीबी लीचफिल्डले अविजित १७ रन जोडिन।
बलिङतर्फ भारतको लागि पूजा वस्त्रकारले सर्वाधिक २ विकेट लिइन।दीप्ती शर्माको नाममा १ विकेट रह्यो।

पहिलो टि-२० आईमा भारत ९ विकेटले विजयी हुँदा दोस्रो टि-२० आईमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको थियो।यसअघि यी दुई टोलीबीच भएको एकमात्र टेस्ट भारतले जितेको थियो।त्यस्तै ओडिआई सिरिज भने अष्ट्रेलियाले क्लिनस्विप गरेको थियो।