२०८१ कातिर्क १९ सोमबार

प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बमजनलाई

  • admin २०८० पौष २५ बुधबार

ठमाडौं – प्रहरीले काठमाडौंको बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज बमजनलाई सार्वजनिक गरेको हो ।

हिजो साँझ पक्राउ परेका बमजनलाई आज नै सर्लाही लैजाने प्रहरीको तयारी छ । उनीविरूद्ध अनुयायी बेपत्ता पारेको आरोपमा सर्लाहीमा उजुरी परेको छ ।
बमजनको निवासबाट ३ करोड ३४ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख ९२ हजार ६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सिआइबीले जनाएको छ ।

त्यस्तै बमजनबाट प्रहरीले १४ थान मोबाइल, ५ थान आइप्याड र २० वटा पेन्ड्राइभ पनि बरामद गरेकोछ । बमजनले प्रयोग गर्ने २ वटा गाडी र ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।

यो पनि…
हरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी रामबहादुर बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जनाएको छ। बेपत्ता हुनेमा नुवाकोट साविक देउराली, हाल मेघाङ गाउँपालिका वडा नम्बर ३ कि चुन्मो भन्ने २९ वर्षीया चिनिमाया तामाङ सिन्धुपाल्चोकको बाडेगाउ आश्रमबाट २०६९ असोजमा बेपत्ता भएकी थिइन् । मकवानपुर, हेटौडा उपमहानगरपालिका वडा नम्बर १३का ५१ वर्षीय सञ्चलाल वाईबा बाडेगाउबाट २०७१ चैत १४ गतेदेखि बेपत्ता भएका छन । मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, हटियाकी डोल्मो भन्ने ३० वर्षीया फूलमाया रुम्बा बाडेगाउ आश्रमबाट ०७१ माघमा बेपत्ता भएकी थिइन् । यस्तै बारा, सिमरा उपमहानगरपालिका वडा नम्बर १५, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले निजगढ नगरपालिका १२, खुमजोरस्थित आश्रमबाट ०७२ जेठमा बेपत्ता भएका थिए ।