२०८१ माघ २५ शुक्रबार

एडिलेडमा भव्यताका साथ मनाइयो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

  • admin २०८० पौष २९ आइतबार

एडिलेड। आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहको ३०२औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस अष्ट्रेलियाको विभिन्न राज्य हरुमा विभिन्न कार्यक्रम गरि मनाइयो ।
राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहाले पुर्याउनु भएको योगदानको कदर गर्दै प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया र ओसिनियाले साउथ अष्ट्रेलिया राज्यको एडिलेडमा ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गरि मनाइयो ।
कार्यक्रममा प्रमुख अतिथि राप्रपा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहलाई स्वदेश वा प्रवास विश्वको जुनसुकै भूगोलमा रहेका नागरिकले सम्झनुपर्ने बताए । उनले पृथ्वीनारायण शाहको दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै राप्रपाको सार्थक प्रयासले आज राष्ट्रले पृथ्वीनारायण शाहलाई सम्झिएको र सरकारी तवरमा एकता दिवस मनाउन सफल भएको बताए । उनले तत्कालिन अवस्थामा विभिन्न राज्यमा विभाजित नेपाललाई एकिकरण गरि विश्व सामु नेपाललाई एक स्वतन्त्र राष्ट्रको रुपमा पहिचान दिलाउने कार्यमा पृथ्वी नारायण शाहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि राप्रपा सहायक महामन्त्री विजय खड्काले नेपालको भूगोलमा रहने र विश्वभर रहने नेपालीहरूको निम्ति आजको दिन गर्व गर्न लायक भएको बताए । साथै इतिहास र पृथ्वीनारायण शाहप्रति सम्मान गर्न सके नेपाल र नेपालीको सम्मान हुने धारणा राखे।

कार्यक्रममा राप्रपा मधेस प्रदेशका अध्यक्ष भरत गिरी, पानस आईसीसी प्रमुख प्रेमकुमार श्रेष्ठ, पानस अष्ट्रेलियाका सल्लाहकार दीपक विष्ट, हिमानी कोष अष्ट्रेलियाका अध्यक्ष समाजसेवी अन्जना कार्की लगायतका बक्ताहरुले पृथ्वीनारायण शाहको योगदानलाई नयाँ पुस्ताले स्मरण गर्नुपर्ने र वहाको दिब्य उपदेश आज पनि नेपाल र नेपालीका निमित्त मार्गदर्शनको रुपमा रहेको बताए थिए ।

पानस अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष केदार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पानस अष्ट्रेलियाका संरक्षक अजय राजवंशी तथा महासचिव दुर्गा उप्रेतीले संचालन गरेका थिए । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य सरस्वती लामा लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि, पानस पदाधिकारी सदस्य लगायत एडिलेटमा रहने नेपालीहरूको उपस्थिति रहेको थियो ।

उत्त कार्यक्रममा अष्ट्रेलियामा बसेर नेपाल चिनाउन योगदान पुर्याउनु हुने खेलाडी,समाजसेवी,व्यवसायी र पत्रकार लाई Prithivi Excellence Award ’24 बाट सम्मान गरिएको थियो ।

जसमा Prithivi Excellence Award ’24 “Empowerment in Leadership Award” बाट अञ्जना बस्नेत र रेनुका लामा


Prithivi Excellence Award ’24″Global Fitness Champion Award”बाट सुजन सिल्पकार

Prithivi Excellence Award ’24 “Media & Journalism Excellence Award”बाट सरल गुरुङ

Prithivi Excellence Award ’24 “Women’s Empowerment Excellence Award बाट ” स्वॆता शर्मा रिमाल र शर्मिला श्रेष्ठलाई सम्मान गरियो ।