अस्ट्रेलिया ।पाँच पटकको च्याम्पियन पर्थ स्कर्चर्सलाई पराजित गर्दै एडिलेड स्ट्राइकर्स बिग ब्यास लिग (बिबिएल) को दोस्रो क्वालिफायमा पुगेको छ।एडिलेडले दोस्रो क्वालिफायरमा ब्रिसबेन हिटको सामना गर्नेछ।
पर्थमा टस हारेर ब्याटिङ थालेको एडिलेडले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।एडिलेडका जेक वेदरल्डले ३२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए।हेनरी थोर्नटोनले अविजित २८ र बेन्जमिन मेहन्तीले २३ रन जोडे।
बलिङतर्फ पर्थका कूपर कोन्नोल्ली र कप्तान आरोन हार्डीले समान २-२ विकेट लिए।
१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको पर्थ १६.२ ओभरमा १ सय ५ रनमा अल आउट भयो।पर्थका ओपनर सम फन्निङले २० बलमा ३ चौका र २ छक्कासहित र कूपर कोन्नोल्लीले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३१-३१ रनको योगदान दिए।अन्य ब्याटरले राम्रो प्रदशन गर्न सकेनन।
बलिङतर्फ एडिलेडका लोएड पोपले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।क्यामरन बोएसले ३ विकेट लिए।
तपाइँको प्रतिक्रीया